सामसङ स्मार्ट प्लाजा इमाडोल ललितपुरमा उद्घाटन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामसङ स्मार्ट प्लाजा इमाडोल ललितपुरमा उद्घाटन



काठमाडौं । सामसङ स्मार्ट प्लाजाले सोमबार, ११ मे २०२६ मा इमाडोल, ललितपुरमा आफ्नो नयाँ पन्ध्रौँ आउटलेटको औपचारिक उद्घाटन गरेको छ, जसले नेपालमा सामसङको खुद्रा उपस्थितिलाई थप सुदृढ बनाएको छ।

उक्त शोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ; गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा; तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाद्वारा गरिएको थियो। यो उद्घाटन सामसङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धतामा अर्को महत्वपूर्ण कोसेढुंगा हो।

कार्यक्रमलाई सम्बोधन गर्दै जङले भने नेपालमा सामसङको किफायती, पहुँचयोग्य र सहज ओम्नी-च्यानल ग्राहक अनुभवप्रतिको ध्यानलाई पुनः पुष्टि भयो। उनले विभिन्न उत्पादनहरूमा २४ महिनासम्मको ई एम आई सुविधाको विस्तारसँगै अब अझ धेरै नेपाली परिवारहरूले प्रिमियम स्मार्टफोन, टिभी र होम अप्लायन्सहरू थप वित्तीय लचकताका साथ प्राप्त गर्न सक्ने बताए .

उनले सामसङको ओम्नी-च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खुद्रा अनुभवलाई एकीकृत गर्ने प्रयासबारे पनि प्रकाश पारे । ग्राहकहरूले samsungPlaza.com.np मार्फत सजिलै अनलाइन अर्डर गर्न, प्रिमियम उत्पादन अनुभव र विश्वसनीय परामर्शका लागि नजिकैको सामसङ प्लाजा भ्रमण गर्न, तथा BOPIS (Buy Online, Pick Up In Store) सेवा छनोट गर्न सक्नेछन्, जसले सहज र जोडिएको ग्राहक यात्रालाई सम्भव बनाउँछ।

जङले सामसङको Remittance Reward Program लाई पनि विशेष रूपमा उल्लेख गरे . यो पहल विदेशमा रहेका आफ्ना प्रियजनहरूसँग जोडिएका नेपाली परिवारहरूलाई सामसङ उत्पादनहरू मार्फत सहज अनुभवसंग  विशेष लाभहरू र विश्वसनीय सेवाहरू उपलब्ध गराउन डिजाइन गरिएको हो।

सामसङ प्लाजाहरू केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले सामसङ उत्पादन छनोट गर्नुअघि हेर्न, छुन, तुलना गर्न र विश्वसनीय परामर्श प्राप्त गर्न सक्ने अनुभव गन्तव्यका रूपमा डिजाइन गरिएका छन्। नयाँ सामसङ स्मार्ट प्लाजाले विशेषज्ञ मार्गदर्शनसहित आधुनिक किनमेल वातावरण प्रदान गर्दछ, जहाँ स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्स र उन्नत इलेक्ट्रोनिक्ससहित सामसङका आधिकारिक उत्पादनहरूको विस्तृत दायरा उपलब्ध छ।

सामसङ स्मार्ट प्लाजाले इमाडोल र आसपासका क्षेत्रका ग्राहकहरूलाई नयाँ आउटलेट भ्रमण गरी अझ स्मार्ट र जोडिएको किनमेल अनुभव लिन आमन्त्रण गर्दछ।


प्रतिक्रिया दिनुहोस्