एक दिन पनि टिकेन सेयर बजारको उत्साहः नेप्से ३९ अंकले घट्दा साढे ४ अर्बकाे काराेबार
काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ। आज सेयर मापक नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७ सय ४४ दशमलव ४० बिन्दुमा झरेकाे छ। हिजाे नेप्से ३८.१९ अंकले बढेकाे नेप्से आज गिरावट देखिएकाे हाे ।
आज म्युचुअल फण्ड बाहे सबै समुहका उपसूचकहरू घटेका छन् । आजकाे काराेबारमा व्यापार समुह सर्वाधिक २.२२, हाइड्राेपावर २.२२, फाइनान्स २.०३ र हाेटल तथा पर्यटन समुहकाे उपसूचक २.०२ प्रतिशत घटेकाे छ । यस्तै उत्पादन तथा प्रशाेधन १.६५, माइक्राेफाइनान्स १.५१, अन्य १.४९, विकास बैंक १.३७, लगानी समुहकाे उपसूचक १.३० प्रतिशत घटेकाे छ।
नेप्से परिसूचक घटे पनि काराेबारमा भने झिनाे सुधार देखिउकाे छ। आज ३३८ कम्पनीकाे १ कराेड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ कराेड ५० लाख २० हजार रूपैयाँकाे काराेबार भएकाे छ।
हिजाे २४७ वटा कम्पनीको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज १३ वटा कम्पनीकाे मात्र सेयर मूल्य बढेकाेमा धाैलागिरी लघुवित्तकाे सेयर मूल्य १५ प्रतिशत बढेकाे छ भने फस्ट माइक्राेफाइनान्सकाे सेयर मूल्य १२.४० प्रतिशत घटेकाे छ। यसदिन २५१ कम्पनिकाे सेयर मूल्य घटेका छन्।
















