सेयर बजारमा लगातार दोस्रो दिन गिरावट: नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा लगातार दोस्रो दिन गिरावट: नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चियो



काठमाडाैं । लगातार दाेस्राे दिन पनि सेयर बजारमा गिरावट आएको छ। हिजाे ३९.४४ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज पनि ४.१५ अंकले घटेर २७ सय ४० दशमलव २५ बिन्दुमा राेकिएकाे छ।

नेप्से सँगै आज काराेबार पनि खुम्चिएकाे छ। यसदिन ३३९ कम्पनीकाे ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर २ अर्ब ८० कराेड ६१ लाख २९ हजार रूपैयाँमा काराेबार भएकाे छ।

हिजाे ३३८ कम्पनीकाे १ कराेड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ कराेड ५० लाख २० हजार रूपैयाँकाे काराेबार भएकाे थियाे।

समग्र बजार घटेकाे दिन आज व्यापार समुहकाे उपसूचक १.५० र उत्पादन तथा प्रशाेधन ०.४७ प्रतिशतले बढेकाे छ भने बाँकी सबै उपसूचकहरू घटेका छन् ।

यसदिन ८० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७६ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १२ वस्टा कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ। आज एशियन हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेकाे छ भने धाैलागिरी लघुवित्तकाे सेयर मूल्य ११. १७ प्रतिशतले घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्