तीन उपसूचकबाहेक सबै समुह राताम्य, नेप्से २७३० को बिन्दुमा ओर्लियो
काठमाडाैं । लगातार तेस्राे दिन पनि सेयर बजारमा गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.०७ अंकले घटेर २७ सय ३० दशमल १७ बिन्दुमा राेकिएकाे छ।
अघिल्ला दुइ काराेबार दिन मंगलबार नेप्से ३९.४४ अंक र बुधबार ४.१५ अंकले घटेर बन्द भएकाे थियाे ।
बजार घटेकाे दिन कराेबारमा भने झिनाे सुधार देखिएकाे छ। यसदिन ३३६ कम्पनीकाे ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ३ अर्ब २८ कराेड ७३ लाख ९७ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३३९ कम्पनीकाे ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर २ अर्ब ८० कराेड ६१ लाख २९ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज व्यापार, निर्जीवन बीमा र म्युच्युअल फण्ड समुहकाे उपसचक बाहेक सबै समुहका उपसूचकहरू राताम्य बनेका छन् । यसदिन अन्य समुहकाे उपसूचक सर्वाधिक २ प्रतिशत घटेकाे छ।
यसदिनकाे काराेबारमा ८० कम्पनीकाे सेयर मूल्य बढेका छन् भने १७४ कम्पनिकाे सेयर मूल्य घटेकाे छ । यस्तै १४ कम्पनीकाे सेयर मूल्य स्थिर रहेका छन् ।
















