भुजुङ्ग हाइड्रोपावरको चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते हुने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना गर्ने भएको छ ।
जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ ।
साथै, संस्थापक समूहबाट ५ जना र सर्वसाधारणबाट १ जना सञ्चालक चयन गर्ने तथा नियमावलीमा संशोधन गर्ने लगायतका विशेष प्रस्तावहरू पनि पेश हुनेछन् । साधारणसभा प्रयोजनका लागि जेठ १८ गते बूक क्लोज तोकिएको छ, जसका कारण जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन् ।













