नेप्सेसँगै घट्यो कारोबार रकम, सोमबार साढे २ अर्बको मात्र सेयर खरिद-बिक्री - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेप्सेसँगै घट्यो कारोबार रकम, सोमबार साढे २ अर्बको मात्र सेयर खरिद-बिक्री



साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो गिरावट देखिएको छ। सेयर कारोबार मापक नेप्से परिसूचक आज १.०३ अंकले घटेर २७ सय ३० दशमलव ९१ बिन्दुमा ओर्लिएको छ ।

आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको सेयर मूल्य बढ्यो भने १३२ कम्पनीको मूल्य घट्यो, १८ कम्पनीको मूल्य स्थिर रह्‌यो । यसदिन वाणिज्य बैंक, विकास बैंक, हाइडङोपावर, लगानी र अन्य उपसमूहबाहेक सबै उपसमूहहरू घटेका छन् ।

नेप्से परिसूचसँगै यसदिन कारोबार रकम पनि घटेको छ। आज ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४ कित्ता सेयर खरिद बिक्रि हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रूपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्