साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट, परिसूचक २७ सय २४ बिन्दुमा झर्‍याे - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट, परिसूचक २७ सय २४ बिन्दुमा झर्‍याे



काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन पनि सेयर बजारमा गिरावट देखिएकाे छ। सेयर कारोबार मापक नेप्से परिसूचक आज ६.२७ अंकले घटेर २७ सय २४ दशमलव ३९ बिन्दुमा ओर्लिएको छ ।

आज विकास बैंक, फाइनान्स, माइक्राेफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेको छ । यसदिन व्यापार समुह सर्वाधिक १.२४ प्रतिशत घटेकाे छ।

आज ११३ वटा कम्पनीको शेयर बढेकोमा १४५ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आजकाे काराेबारमा सिटी हाेटल लिमिटेडकाे सेयर मूल्य ६.८४ प्रतिशत घटेको छ भने बजार सामान्य घटेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य १४.२६ प्रतिशतले बढेकाे छ।

नेप्से घटे पनि काराेबार रकममा भने यसदिन झिनाे सुधार देखिएकाे छ। आज ३४६ कम्पनिकाे ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ कराेड ७७ लाख ३० हजार रूपैयाँमा काराेबार भएकाे छ।

हिजाे ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियाे ।


प्रतिक्रिया दिनुहोस्