भारतबाट ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै नेपाल
काठमाडौं । नेपालले भारत सरकारसँग ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार आयोजित प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन्।
बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले मल आपूर्तिको समस्या समाधान गर्न भारत सरकारसँग निरन्तर संवाद भइरहेको र सोही अनुरुप झण्डै ८० हजार मेट्रिकटन मल खरिद गर्ने प्रक्रिया सुरु भइसकेको बताए।
उक्त मल खरिद गर्ने कार्यमा नेपालको तर्फबाट ‘कृषि सामग्री कम्पनी’ संलग्न रहेको र प्रक्रिया छिट्टै टुंगिने उनले स्पष्ट पारे।













