एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सीजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सीजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ?



काठमाडौं। आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ।

यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रेनिक्सद्वारा सञ्चालित सीजी डिजिटलले “अल ब्राण्ड इन वान रूफ” अर्थात् “एकै छानामुनि सबै ब्रान्ड” को अनुभव प्रदान गर्दै नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेका छ।

नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत सीजी डिजिटल र एलजी ब्राण्ड सपले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन्।

सीजी डिजिटलमा ग्राहकहरूले एलजी, सीजी, टीसीएल, गोदरेज, मिडिया, क्रम्पटन, बेको, सेन्सेइ, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक + डेकर र बर्ली जस्ता विश्वसनीय ब्रान्डहरूका साथै नथिङ, मोटोरोला र एआई प्लस जस्ता मोबाइल ब्रान्डहरू लगायतका विश्वसनीय ब्रान्डहरू एउटै छानामुनि सहज रूपमा पाउन सक्छन्।

आजका उपभोक्ताहरुलाई केवल सस्तो मूल्य मात्र होइन गुनस्तर्य, विश्वासिलो र भरपर्दो सेवा खोजिरहेको छ। बजारमा विकल्प धेरै भए पनि कुन उत्पादन सही हो भन्ने निर्णय लिन ग्राहकलाई चुनौती हुने गरेको छ र “सीजी डिजिटलले यही आवश्यकतालाई मधय नजर गर्दी ग्राहकहरुलाई आधिकारिक, विश्वसनीय र गुणस्तरीय ब्रान्डहरू उपलब्ध गराउँदै आएका छन्।

एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्छन् र यसले धेरै पसलहरू धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो र विश्वसनीय बनाएको छ।

कम्पनीका अनुसार, “हामी केवल उत्पादन बिक्री गर्ने होइन, ग्राहकहरूलाई विश्वसनीय समाधान दिने उद्देश्यका साथ अघि बढिरहेका छौं। एउटै स्थानमा धेरै ब्रान्डको उपकरणहरु उपलब्ध गराएर ग्राहकको समय बचत गर्नु र निर्णय प्रक्रियालाई सजिलो बनाउन खोजीरहेका छौ र यो हाम्रो प्रथम प्राथमिकता हो। साथै, विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन सीजी डिजिटलले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ। यो अफरले ग्राहकलाई उत्कृष्ट ब्रान्डका टीभी तथा होम एप्लायन्सेस अझ सहज मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नेछ”।

आधुनिक शोरूम अनुभव, विश्वसनीय ब्रान्ड, ग्राहक–मैत्री सेवा तथा नेपालभर फैलिएको २८ शोरूम सञ्जालका कारण सीजी डिजिटल र एलजी ब्राण्ड सप नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्दै गएका छन्।


प्रतिक्रिया दिनुहोस्