बजेट आउनु दुई दिन अघि ९ अंकले घट्यो शेयर बजार  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बजेट आउनु दुई दिन अघि ९ अंकले घट्यो शेयर बजार 



काठमाडौं । बजेट आउनु दुई दिन अघि शेयर बजार घटेर बन्द भएको छ । आ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.३३ प्रतिशतले घट्दा नेप्से परिसूचक २७७७.१० विन्दुमा आएर रोकिएको छ । 

आज नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ६८ हजार ४०५ कित्ता शेयर कारोबार भएको छ । 

आज ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ६९२ पटक शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्