नयाँ लुक्स र प्रविधिसहितको ओमोडा ई–फाइफ नेपाल भित्रियो, कहिले पुग्छ ग्राहकको हातमा ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नयाँ लुक्स र प्रविधिसहितको ओमोडा ई–फाइफ नेपाल भित्रियो, कहिले पुग्छ ग्राहकको हातमा ? 



काठमाडौँ । नेपाली सडकमा छोटो समयमै अत्यधिक रुचाइएको प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई-फाइभको नयाँ संस्करण ‘नयाँ ओमोडा ई-५’ नेपाल भित्रिसकेको छ।

नेपालका लागि ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले गाडी नेपाल आइसकेको पुष्टि गर्दै अबको केही दिनमै यसको औपचारिक लन्च गर्ने तयारी भइरहेकाे जनाएको छ।

नयाँ ओमोडा ई-५ मा बाहिरी र भित्री (इन्टेरियर) दुवै बनोटमा महत्वपूर्ण र आधुनिक परिवर्तनहरू गरिएका छन्। बाहिरी भागमा नयाँ डिजाइनको ‘एक्स-सेप’ फ्रन्ट ग्रिल, सार्प एलईडी हेडल्याम्प र परिमार्जित बम्परले यसलाई थप स्पोर्टी लुक्स दिएको छ।

गाडीको भित्री भागमा २१.५ इन्चको विशाल कर्भ्ड डिजिटल स्क्रिन र तीव्र कार्यक्षमताका लागि ‘क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेट’ प्रयोग गरिएको छ।

यसअघि ६१ किलोवाट आवरको ब्याट्रीमा मात्र उपलब्ध यो गाडी अब ५०.६ किलोवाट आवरको नयाँ लिथियम आइरन फस्फेट ब्याट्री प्याकमा समेत उपलब्ध छ, जसले एक पटकको फुल चार्जमा ३०० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिनेछ।

सुरक्षाका लागि १६ वटाभन्दा बढी फिचरसहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको यो गाडीको मूल्य सानो ब्याट्री प्याकका कारण ५० लाख देखि ५५ लाख रुपैयाँ रहने छ।

आकर्षक ५ वटा विभिन्न रङहरूमा उपलब्ध हुने यो गाडीमा कम्पनीले ११ वर्ष वा १० लाख किलोमिटर सम्मको ऐतिहासिक वारेन्टीलाई निरन्तरता दिएको छ।


प्रतिक्रिया दिनुहोस्