सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ३० करोड नाघ्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ३० करोड नाघ्यो



काठमाडौं । बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ। हिजो ९.२४ अंकले घटेको सेयर बजार मापक नेप्से आज ४.९९ अंकले बढेर २७ सय ८२ दशमलव १० बिन्दुमा बन्द भएको छ।

नेप्सेसँगै यसदनि कारोबारमा पनि सुधार देखिएको छ। आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ३० करोड ६४ हजार रुपैयाँको कारोबार भएको छ।

हिजो ३४२ वटा कम्पनीका १ करोड १८ लाख कित्ता शेयर ४ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको थियो ।

यसदिन फाइनान्स, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।

आज १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यसदिन कालिन्चाेक हाइड्राेपावरकाे सेयर मूल्य १४.९८ र बुगल हाइड्राे १३.३७ पतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्