इभीमा सडक निर्माण दस्तुर पनि दोब्बर, अव इभी गाडी किन्दा उपभोक्ताले कति कर तिर्नुपर्छ ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इभीमा सडक निर्माण दस्तुर पनि दोब्बर, अव इभी गाडी किन्दा उपभोक्ताले कति कर तिर्नुपर्छ ? 



काठमाडौं । सरकारले इभी गाडीमा यसअघि मोटर पावरको आधारमा लगाउँदै आएको कर नीतिलाई परिमार्जन गर्दै अव भन्सार मूल्यको आधारमा कर लगाउने भएको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संसद्मा पेस गरेको बजेटमा अव इलेक्ट्रिक सवारीमा मूल्यको आधारमा कर थपघट हुने बताए । 

अव सरकारले इभी गाडीमा स्वच्छ पूर्वाधार लगानी शुल्क भनेर शीर्षक थप गरेको छ । आर्थिक ऐन अनुसार २० लाख रुपैयाँसम्मको ईभीमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ ।

त्यस्तै, ३० देखि ४० लाख रुपैयाँका ईभीमा थप १५ प्रतिशत यसअघिको २.५ प्रतिशत थप हुँदै जानेछ, ४० देखि ५० लाख रुपैयाँका ईभीमा थप ७० प्रतिशत यसअघिको २.५ प्रतिशत थप हुँदै जानेछ र ५० लाख मूल्य माथिका ईभीमा थप ११० प्रतिशत कर यसअघिको २.५ प्रतिशत थप हुँदै जानेछ लाग्ने भएको हो ।

सरकारले २० देखि ३० लाख रुपैयाँ मूल्यका विद्युतीय कारमा लाग्ने कर भने उल्लेख गरेको छैन । 

इभीमा सडक निर्माण दस्तुर पनि दोब्बर

सरकारले इभी गाडीमा ५ प्रतिशत मात्रै सडक निर्माण कर लगाएकोमा यस पटक दोब्बर बनाएको छ । अव उपभोक्ताले सडक निर्माण कर  १० प्रतिशत तिर्नुपर्छ । 

पेट्रोलियम बाट चल्ने गाडीमा १० प्रतिशत सडक निर्माण दस्तुर लाग्दै आएकोमा विद्युतीय लाई पचास प्रतिशत छुट दिएको थियो । अव पेट्रोलियम र इलेक्ट्रिकमा गाडीमा कर बनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्