इप्पानमा गणेश कार्कीको ३ वर्ष: विद्युत् विधेयक रोक्नुदेखि क्षतिग्रस्त आयोजनाको क्षेतिपुर्ति दिलाउनेसम्म - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इप्पानमा गणेश कार्कीको ३ वर्ष: विद्युत् विधेयक रोक्नुदेखि क्षतिग्रस्त आयोजनाको क्षेतिपुर्ति दिलाउनेसम्म



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्व सम्हालेपछि अध्यक्ष गणेश कार्किको ३ वर्ष पुरा भएको छ । कार्कि नेतृत्व को कार्यकाल अब सकिन लागेको छ कार्कीले ऊर्जा क्षेत्रको नीतिगत सुधार र लगानीकर्ताको हकहितका लागि आक्रामक पहलकदमी लिएको बताएका छन ।

कर्किको ३ वर्षे कार्यकाल (२०८०–२०८३) मा जलविद्युत् क्षेत्रको नीतिगत अन्योल चिर्न र निजी क्षेत्रको अस्तित्व रक्षाका लागि महत्वपूर्ण माइलस्टोनहरू हासिल गरेको कर्किक भएको बताएका छन्।

यस कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा विद्युत् विधेयक २०८० मा निजी क्षेत्रको माग गराउनुलाई लिइएको छ। इप्पानले संसदीय समिति र राजनीतिक दलहरूसँग निरन्तर संवाद गरी निजी क्षेत्रका मुद्धाहरू समेटेर ८२ वटा संशोधन संसदमा दर्ता गराउन सफल भएको थियो। लगानीको सुरक्षा र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन विधेयकमा व्यापक सुधारका लागि शीर्ष नेतृत्वसँग प्रभावकारी लबिइङ समेत गरिएको कार्किको भनाई छ ।

कार्कीकै नेतृत्वमा इप्पानले टेक एन्ड पे’ को अन्यायपूर्ण प्रावधान विरुद्ध ऐतिहासिक आन्दोलन गर्यो। ऊर्जा उद्यमीहरूको कडा विरोध र दबाबपछि सरकारले संसदको रोस्टमबाटै ‘टेक एन्ड पे’ फिर्ता लिने घोषणा गरेको थियो, जुन निजी क्षेत्रका लागि ठूलो विजय बन्यो। साथै, रोकिएका पीपीए (PPA) खुला गर्न र १५ सय मेगावाटको पीपीए प्रक्रिया अघि बढाउन महत्वपूर्ण प्रगति भएको छ।
सरकारले अघि सारेको १० वर्षमा २८ हजार ५०० विद्युत् उत्पादनको लक्ष्यलाई सफल बनाउन कार्कीले लगानीमैत्री वातावरण निर्माणमा जोड दिए ।

भारतसँगको १० हजार मेगावाट निर्यात सम्झौता र ‘पावर समिट २०२३’ को सफल आयोजनाले नेपालको ऊर्जा बजारलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुर्याएको छ।

प्राकृतिक विपत्ति र सुरक्षाका क्षेत्रमा पनि कार्कीको नेतृत्व सक्रिय रह्यो। २०८० को बाढीबाट क्षतिग्रस्त पूर्वी नेपालका आयोजनाहरूलाई राहत दिलाउन र आन्दोलनहरूका कारण प्रभावित आयोजनाहरूको सुरक्षा सुनिश्चित गर्न उनले सरकारको ध्यानाकर्षण गराएका थियो।

संस्थालाई गराएक संघीय संरचना मा लैजाने, जलविद्युत् आयोजनाको बीमा सहज बनाउने र इप्पानको २५औं वर्षको अवसरमा ‘रजत जयन्ती’ मनाउँदै ऊर्जा क्षेत्रलाई देशको समृद्धिको मुख्य आधार बनाउने संकल्पलाई यो कार्यकालले थप दृढ बनाएको कार्किको भनाई छ।


प्रतिक्रिया दिनुहोस्