१० वर्षे अवधिको ३ अर्ब रूपैयाँको ऋणपत्र ल्याउँदै प्राइम बैंक, वार्षिक ६.२५% ब्याज पाइने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१० वर्षे अवधिको ३ अर्ब रूपैयाँको ऋणपत्र ल्याउँदै प्राइम बैंक, वार्षिक ६.२५% ब्याज पाइने



काठमाडाैं । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी असार १६ गतेदेखि नयाँ ऋणपत्रको बिक्री खुला गर्ने तयारी गरेको छ।

बैंकले लगानीकर्ताहरूका लागि १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ जारी गर्न लागेको हो, जसमा वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिनेछ।

यस प्रक्रियाअन्तर्गत प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरिएका कुल ३० लाख कित्ता (रु. ३ अर्ब बराबर) ऋणपत्र बजारमा ल्याइनेछ।

जारी गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता (रु. १ अर्ब ८० करोड बराबर) व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता (रु. १ अर्ब २० करोड बराबर) सर्वसाधारणका लागि बिक्री गरिनेछ, जसमा सर्वसाधारणको हिस्साबाट ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि सुरक्षित राखिएको छ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन छिटोमा असार १९ गते र ढिलोमा असार ३० गते बन्द हुने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्