२४ भदौ २०८३, बुधबार

पोखरामा सीजी मोटर्सकाे नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा



काठमाडाैं । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।

गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्धारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन्।

यसले उपत्यकाबाट वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सीजी मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमावाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोईरालाले सीजी मोटर्स प्रालिले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा धन्यवाद व्यक्त गरे।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ ।

यस्तै, सीजी मोटर्सले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी मन्त्रि भिम कार्कीले सीजी मोर्टसलाई विशेष धन्यवाद ज्ञापन गरे।

देशैभर फैलिएका २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सी.जी. मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आईरहेको छ।

यो व्यापक चार्जिङपुर्वाधारले सीजी मोटर्सलाई नेपालको सबैभन्दा विश्वनिय र भरपर्दो ईभी प्रदायकहरु मध्ये एक मात्र कम्पनीको रुपमा स्थापित गरिएको कार्यक्रमका सभापति सी.जी. मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले बताउनुभयो ।

करिब १५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गदै सीजी मोर्टसले उपत्यकता बाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको छ।