बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म ऋण सुविधा - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म ऋण सुविधा



काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि मासिक किस्ता (ईएमआई) अझ सस्तो भएको छ। नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गर्दै ऋणको अवधि बढाएको र ब्याजदर घटाएको हो।

नयाँ व्यवस्थाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना)सम्म ऋण सुविधा लिन सकिनेछ। यससँगै ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले ग्राहकको मासिक किस्ता उल्लेख्य रूपमा घटाउने भएकाले पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे तथा सीमित मासिक बजेट भएका ग्राहकलाई राहत पुग्नेछ।

यो सुविधा प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ। नयाँ फाइनान्सिङ योजनाअनुसार प्लाटिना १०० इएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँमा झरेको छ। यसबाट ग्राहकले प्रत्येक महिना करिब १ हजार १३१ रुपैयाँ बचत गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै, डोमिनार ४०० को मासिक किस्ता करिब ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँ कायम भएको छ। यसले ग्राहकलाई मासिक करिब २ हजार ८५७ रुपैयाँसम्म बचत हुने बताइएको छ।

पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २०० एनएस, पल्सर एन२५० र एनएस४००जेडलगायत अन्य सबै मोडेलको मासिक किस्ता पनि घटाइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको स्थायी फाइनान्सिङ व्यवस्था हो। मोटरसाइकलको मूल्यभन्दा मासिक किस्ताले धेरै ग्राहकलाई असर गर्ने भएकाले ऋणको अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरिएको कम्पनीको भनाइ छ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाजका शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्