युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त



काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनिष पाण्डे नियुक्त भएका छन् ।

उनलाई साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीमा प्रबन्ध सञ्चालक नरहेकाले कम्पनीको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव नारायणप्रसाद आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस्