१३ श्रावण २०८३, बुधबार

आइसीएफसी फाइनान्सका ग्राहकलाई जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १२ प्रतिशत छुट



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले अब जय नेपाल सिनेमाहलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट पाउने भएका छन्।

आइसीएफसी फाइनान्स र बज इन्टरटेन्मेन्ट प्रालिबीच यससम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले दरबारमार्गस्थित जय नेपाल सिनेमाहलमा चलचित्रको टिकट खरिद गर्दा कुल टिकट मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा आइसीएफसी फाइनान्सका तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सन्जोग गुरुङ र बजार प्रतिनिधि सरिना श्रेष्ठ तथा जय नेपाल सिनेमाहलका तर्फबाट प्रबन्ध निर्देशक रुपेशकुमार श्रेष्ठ र निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका छन्।

फाइनान्सले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवाको प्रयोगलाई प्रोत्साहन गर्दै थप सुविधासहितको सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो साझेदारी गरिएको जनाएको छ।