‘मेरो पल्सर कथा’ अभियान: आफ्ना अनुभव सुनाएर नयाँ पल्सर जित्ने अवसर
काठमाडौं । बजाज ग्लोबलले पल्सर ब्रान्डको २५ वर्ष पूरा भएको अवसरमा ‘माई पल्सर स्टोरी नामक अन्तर्राष्ट्रिय अभियान सुरु गरेको छ। अभियानमार्फत नेपालसहित विभिन्न देशका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, क्लब तथा लामो समयदेखि पल्सर चलाइरहेका प्रयोगकर्तालाई आफ्ना अनुभव र कथा साझा गर्न आह्वान गरिएको छ।
कम्पनीका अनुसार नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ। नेपाली राइडरहरूले आफ्नो पल्सरसँग जोडिएको यात्रा, सम्झना वा अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सक्नेछन्।
सहभागीहरूले भिडियो, संगीत, एआईमार्फत तयार गरिएको सामग्री वा अन्य कुनै सिर्जनात्मक माध्यमबाट आफ्नो कथा प्रस्तुत गर्न सक्नेछन्। सामग्री जुनसुकै भाषामा भए पनि स्वीकार गरिने कम्पनीले जनाएको छ। अभियानको मूल सन्देश ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ को भावना झल्किने सामग्रीलाई प्राथमिकता दिइनेछ।
छनोट भएका उत्कृष्ट सामग्रीहरू पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्। साथै, प्रत्येक साताका विजेताले ५०० अमेरिकी डलर बराबरका उपहार प्राप्त गर्नेछन्।
त्यस्तै, अभियानमा सहभागी प्रत्येक देशबाट एक–एक जना विजेताले पल्सर एनएस ४०० जेट् मोटरसाइकल जित्ने अवसर पाउनेछन्।
अभियान सुरु भइसकेको छ र सेप्टेम्बर ४, २०२६ सम्म आवेदन दिन सकिनेछ।
सहभागी हुन इच्छुक राइडरले आफ्नो पल्सरसँग जोडिएको अनुभव वा अविस्मरणीय राइडिङ क्षण सामाजिक सञ्जालमा साझा गर्दै ‘माई पल्सर स्टोरी ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी अभियान अवधि भित्र पोस्ट गर्नुपर्नेछ।
कम्पनीका अनुसार यो अभियान मोटरसाइकलको मात्र उत्सव नभई पल्सरलाई लोकप्रिय बनाउन योगदान पुर्याएका राइडरहरूको साहस, यात्रा र अनुभवलाई सम्मान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।













