२६ श्रावण २०८३, मंगलबार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?



काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३७ पैसा र बिक्रीदर २०६ रुपियाँ १८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८८ रुपियाँ २५ पैसा र बिक्रीदर १८८ रुपियाँ ९९ पैसा कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५० पैसा र बिक्रीदर १०७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ १५ पैसा र बिक्रीदर १०९ रुपियाँ ५८ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपियाँ ९८ पैसा र बिक्रीदर ११९ रुपियाँ ४५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५७ पैसा र बिक्रीदर २२ रुपियाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५३ पैसा र बिक्रीदर ४० रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९१ पैसा कायम भएको छ ।

थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४४ पैसा र बिक्रीदर ४१ रुपियाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७४ पैसा र बिक्रीदर १० रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५३ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४० पैसा र बिक्रीदर १९ रुपियाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ५७ पैसा र बिक्रीदर ४९७ रुपियाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ६३ पैसा बिक्रीदर ४०५ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ २८ पैसा र बिक्रीदर ३९६ रुपियाँ ८४ पैसा निर्धारण गरेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने छ र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने छ ।