सोमबार २.२५ अंकले घट्यो नेप्से, साढे ५ अर्ब माथिको सेयर कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएकाे छ । आज सेयर बजार मापन नेप्से परिसुचक २.२५ अङ्कले घटेर २६ सय ४१ दशमलब ५८ बिन्दुमा राेकिएको छ ।
यसैबीच आज कारोबार रकम भने बढेको छ । आज ३ सय ५० कम्पनीको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैँयामा कारोबार भएको हो।
अघिल्लो कारोबार दिन शुक्रबार ३ सय ४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैँयामा कारोबार भएको थियो।
आज ७२ कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनी स्थिर रहेका छन्। यसदिन सर्वाेत्तम पेन्टस् इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।
आज उत्पादन तथा प्रशोधन समुहकाे उपसूचक सर्वाधिक १.३० प्रतिशतले बढ्दा फाइनान्स समुहको उपसुचक १.१४ प्रतिशतले घटेको छ । बाँकी हाइड्रोपावर, म्युचअल फन्ड, ब्यापार र अन्य समूहको उपसुचक बढेका छन् भने ८ वटै उपसुचक घटेका छन्।













