१९ भदौ २०८३, शुक्रबार

सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त



काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्।

उनलाई आजै बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल हिजो विहिवारदेखि समाप्त भएपछि आजै नयाँ सीइओ नियुक्त गरेको हो।

नवनियुक्त सिइओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले आजै कार्यालयमा स्वागत गरिसकेको छ।

उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक थिए। एनआइएमबीको डेपुटी सीइओ सरहको यो पदबाट सिजापतीले यही असार मसान्तदेखि लागू हुने गरी राजिनामा दिएर बसेका थिए।

साथै, सिजापति सांग्रला डेभलपमेन्ट बैंकको संस्थापकहरूमध्ये एक हुन्। यसरी आफैंले लगानी गरेर खोलेको बैंकमा आगामी चार वर्षका लागि व्यवस्थापकीय नेतृत्व गर्न उनी पुगेका छन्।