२५ भदौ २०८३, बिहिबार

नेप्सेमा १३.८५ अंकको गिरावटः १३ वटै समूहको उपसूचक राताम्य हुँदा ४ अर्बकाे काराेबार



काठमाडौं । लगातर दोस्रो दिन पनि सेयर बजार घटेको छ। हिजो १३.८५ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १७.३२ अंकले घटेर २५ सय ३१ दशमलव ५५ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै यसिदन काराेबार पनि घटेकाे छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजाे ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियाे।

यसदिन १३ वटै समुहका उपसूचकहरू घटेका छन् । आज उत्पादन तथा प्रशाेधन समुहकाे उपसूचक सर्वाधिक १.१४ प्रतिशत घटेकाे छ।

आज ६७ कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

यसदिन लिबर्टी इनर्जी कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सिन्धु विकास बैंककाे सेयर मूल्य सर्वाधिक १४.९८ र प्रभु सेलेक्ट फण्डकाे सेयर मूल्य १०.२२ प्रतिशत घटेकाे छ।