रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्याे ३० प्रतिशत नगद लाभांश
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले शेयरधनीहरुलाई दिने लाभांश घाेषणा गरेकाे छ।
कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनाफाटाट हाल कायम चुक्तापुँजीको ३० प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो।
यो लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो असोज २२ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
जसअनुसार असोज १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन् ।












