६ आश्विन २०८३, मंगलबार

मिड सोलु हाइड्रोपावरले आफ्ना सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने



काठमाडौं । मिड सोलु हाइड्रोपावरले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घाेषणा गरेकाे छ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।

शेयरधनीहरुले हाल कायम चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने १२ करोड ९० लाख ९९ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख ९४ हजार ६८४ रुपैयाँबराबरको नगद लाभांश पाउने छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।