१३ आश्विन २०८३, मंगलबार

आईसीएफसी फाइनान्सको साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ। आइसीएफसी फाइनान्सले आफ्नो तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। फाइनान्सले गते मंगलबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा सभा सम्पन्न गरेको हो।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षकमा “एसएआर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

उक्त वार्षिक साधारण सभा अपराह्न १२:३० बजे सम्पन्न भएको र साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनी महानुभावहरूको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ।

चुक्तापूँजी रु. १ अर्ब १८ करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आवको भदौं मसान्त सम्म रु. २२ अर्ब ६७ करोड निक्षेप संकलन र रु. १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।