मञ्जुश्री फाइनान्सद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं। मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा कर्मचारी, संस्थाका ग्राहक तथा अन्य सर्वसाधारण गरि करिब १५० जनाको सहभागिता रहेको थियो भने करिब १२० जनाले निःशुल्क स्वास्थ परिक्षणको लाभ लिएका थिए।
साथै ५९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख ब्यापार अधिकृत लगायतका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
मन्जुश्री फाईनान्स लिमिटेड २०८३ असोज २८ गतेको आफ्नो स्थापनाको बीसौं वर्षमा प्रवेश गर्दैछ। करिब २ लाख १० हजार ग्राहक माझ सेवा पुर्याउदै आइरहेको यस मन्जुश्रीले हालसम्म करिब २५ अर्ब निक्षेप संकलन गरि, करिब २२ अर्ब कर्जा प्रवाह गरेको छ। फाईनान्सले हालसम्म २८ ओटा शाखा कार्यालय तथा एउटा विस्तारित काउन्टर मार्फत आफ्नो सेवा संचालनमा ल्याइरहेको छ।

















