९ कार्तिक २०८३, सोमबार

गुल्मीमा स्कार्पियो दुर्घटना: ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते



गुल्मी । गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ ।

सोमबार अपराह्न करिब ४ बजे गुल्मीकाे कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेको हाे । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेकाे हाे।

घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।