सुन भाउ तोलामा ८ सय रूपैयाँले बढ्दा चाँदी सस्तियाे
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ। हतजाे ताेलामा ३००० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि ८ सय रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य २ लाख ८२ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजाे सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको चाँदी आज ३ हजार ९७० रुपैयाँ कायम भएको छ।















