१२ कार्तिक २०८३, बिहिबार

तरलता व्यवस्थापन गर्न एकैपटक १५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएकाे अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ तान्ने भएको छ।

निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले आज कात्तिक १२ गते ८ दिनका लागि निक्षेप तान्न लागेकाे हाे ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यसकाे साँवा तथा ब्याज भुक्तानी आउँदो कार्तिक २० गते गरिनेछ ।