१२ कार्तिक २०८३, बिहिबार

स्पेनमा सिग्नल गडबडीका कारण द्रुत गतिका दुई रेल ठोक्किँदा भिषण दुर्घटना, ६८ जनाको मृत्यु, ८० घाइते



काठमाडौं । स्पेनमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ।

कम्प्युटर सञ्चार प्रणालीमा आएको गडबडीका कारण रातो बत्ती बलेर रोकिएको रेनफे कम्पनीको रेललाई गलत निर्णयका आधारमा पुनः अगाडि बढ्न अनुमति दिएपछि यो दुर्घटना भएको हो। दुर्घटनाका कारण इरियोका दुईवटा डिब्बा ट्र्याकबाट बाहिरिएका थिए।

बिहान करिब ९ बजे भएको यो दुर्घटनामा इरियो ट्रेनमा १४७ र रेनफे सेवामा ३९७ जना सवार थिए।

चालु वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो भने सन् २०१३ यताकै युरोपको सबैभन्दा बढी मानवीय क्षति भएको रेल दुर्घटना हो। यसअघि जनवरी महिनामा पनि सोही लाइनमा सोही कम्पनीद्वारा सञ्चालित द्रुत गतिका रेलहरू आपसमा ठोक्किँदा ४६ जनाको ज्यान गएको थियो।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस भयानक टक्करपछि पूरा स्पेन शोकमा डुबेको बताएका छन्।