सेयर बजारमा लगातार दोस्रो दिन उत्साह: १३ वटै उपसूचकमा हरियाली, ८ अर्ब ५७ करोडको कारोबार
काठमाडाैं । बिहिबार लगातार दाेस्राे दिन सेयर बजारमा उत्साह देखिएकाे छ। हिजाे ३३.२९ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज पनि ३१.५४ अंकले बढेर २६ सय ९५ दशशमलव ६० बिन्दुमा उक्लिएकाे छ।
आज १३ वटै उपसूचकहरूमा हरियाली छाउकाे छ। यसदिन सर्वाधिक अन्य २.४५, वाणिज्य बैंक २.२८ र हाेटल तथा पर्यटन २.०५ प्रतिशत बढेकाे छ। यस्तै विकास बैंक १.५५ र फाइान्स समुहकाे उपसूचक १.६९ प्रतिशत बढेकाे छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकममा समेत राम्रो सुधार देखिएको छ । आज ३५० वटा कम्पनीको २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर ८ अर्ब ५७ कराेड ९८ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३४८ वटा कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ कराेड ८६ लाख ७७ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज १८१ वटा कम्पनीको शेयर बढेको छ भने ९१ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेकाे छ।















