तीन महिनामै साढे २ खर्बले बढ्याे राष्ट्र बैंकको कुल सम्पत्ति, विदेशी मुद्राको हिस्सा सर्वाधिक
काठमाडाैं । नेपाल राष्ट्र बैंककाे कुल सम्पत्ति ४१ खर्ब रूपैयाँ नाघेकाे छ। बैंकले सार्वजनिक गरेकाे असोज मसान्तसम्मको मासिक वित्तीय विवरण अनुसार कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोडले बढेको हो।
असोज मसान्तसम्ममा केन्द्रिय बैंककाे कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड ३५ लाख ७१ हजार १ सय ४३ रूपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम रु. ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख ८४ हजार ५ सय ४८ रहेको थियो।
विवरण अनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्राको रहेको छ। २०८३ असार मसान्तमा रु. ३७ खर्ब ३० अर्ब २ करोड ६५ लाख ४४ हजार २ सय ४४ रहेको विदेशी मुद्रा सम्पत्ति असोज मसान्तसम्म बढेर रु. ३९ खर्ब ७८ अर्ब १६ करोड २७ लाख ६१ हजार ५ सय ५० पुगेको छ।
विदेशी सुरक्षण पत्रमा लगानी बढेर रु. २८ खर्ब ५८ अर्ब २ करोड नाघेको छ भने विदेशी बैंकमा रहेको मुद्दती निक्षेप रु. ६ खर्ब ४९ अर्ब ६ करोड भन्दा बढी रहेको छ।
राष्ट्र बैंकको विवरण अनुसार बजारमा चलनचल्तीमा रहेको नोट असोज मसान्तसम्म रु. ८ खर्ब ९७ अर्ब ३८ करोड ३९ लाख १ हजार ९ सय ६ पुगेको छ, जुन असार मसान्तमा रु. ८ खर्ब १ अर्ब ६२ करोडको हाराहारीमा थियो। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रु. ६ खर्ब ८२ अर्ब ४१ करोड र सरकारको निक्षेप रु. २ खर्ब ७३ अर्ब ९६ करोड पुगेको छ।
असोज मसान्तसम्म राष्ट्र बैंकको कुल स्थानीय मुद्रा दायित्व रु. २९ खर्ब ८५ अर्ब ४ करोड ९४ लाख ७ हजार ४ सय ५२ पुगेको छ भने स्थानीय मुद्रा सम्पत्ति रु. १ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख ९ हजार ५ सय ९३ रहेको छ। यस्तै, विदेशी मुद्रा दायित्व भने रु. ४९ अर्ब ७४ करोड ३९ लाख ५० हजार ७ सय ४१ मा सीमित रहेको छ।















