नेपाल प्रहरीका नयाँ आईजीपीमा मनोज केसी नियुक्त, कार्कीलाई दिइयाे प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी
काठमाडौं । एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्।
बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख केसीलाई महानिरीक्षककाे जिम्मेवारी दिइएसँगै हालका आईजीपी दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।















