१८ कार्तिक २०८३, बुधबार

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता



काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे । भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

यसअघि आजै मिश्रीले परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गर्दै नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउनेबारे विचार-विमर्श गरेका थिए।