१८ कार्तिक २०८३, बुधबार

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न



काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइ दिएका छन्।

गृह मन्त्रालयमा बुधबार गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।

आज बसेकाे मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई हानिरीक्षकमा पदबाट हटाएर केसीलाई नियुक्त गरेकाे हाे ।