पोखरामा बीएआईसी र आर्कफक्सकाे नयाँ शोरुम सञ्चालन
काठमाडाैं । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा बीएआईसी र आर्कफक्सले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।
उक्त शोरुमको औपचारिक उद्घाटन गणेश बहादुर श्रेष्ठ, लक्ष्मी ग्रुपका अध्यक्ष सुनील श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले गरेका हुन् ।
नेपालका लागि लक्ष्मि मोटरहबद्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई आफ्ना सवारीसाधन, सेवा तथा ब्रान्डसम्बन्धी जानकारी अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेका छन् ।
काठमाडौं बाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै प्रमुख क्षेत्रीय बजारहरूमा पहुँच बढाउने ब्रान्डहरूको निरन्तर प्रयासको रूपमा यस शोरुमको उद्घाटनलाई लिइएको छ।
आफ्नो इन्जिनियरिङ, उत्कृष्ट कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित बीएआईसी तथा विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिमा केन्द्रित आर्कफक्सले यस शोरुममार्फत ग्राहकहरूलाई दुई फरक अटोमोबाइल अनुभव प्रदान गर्नेछन्।
यससँगै गण्डकी प्रदेशका ग्राहकहरूले यी ब्रान्डका विभिन्न मोडलहरू नजिकबाट अवलोकन गर्नुका साथै तिनका विशेषता, प्रविधि तथा सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। यसले क्षेत्रीय बजारमा ग्राहकको पहुँच विस्तार गर्नुका साथै नेपालमा विविध मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ ।















