३ मंसिर २०८३, बिहिबार

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुँदै



काठमाडौँ। पोखरामा आगामी मंसिर २६ गते माछापुच्छ्र्रे बैंकको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ सञ्चालन हुने भएको छ। माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो ।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ। प्रतियोगिहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् ।

इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com/events/machhapuchhre-daud-2026/register?category=5f60eac9-5fb2-4232-8080-63585df069d0  मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छ्र्रे बैंकले यस प्रतियोगितामा सहकार्य गरेको हो।