गुणस्तरीय शिक्षाको उद्धेश्य बोकि धनगढीमा उदायो ‘साइनो एजुकेसन’
काठमाडौं । उचित बातावरणमा गुणस्तरीय शिक्षाको उद्धेश्य राखी कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकाको हसनपुरमा साइनो एजुकेसन संचालकमा आएको छ ।
सुदूरपश्चिममै गुणस्तरिय पढाइको वातावरण मिनाउने मुख्य लक्ष्य बोकि युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीको संयुक्त लगानीमा साइनो एजुकेशन प्रा.लि सञ्चालनमा ल्याइएको हो ।
उक्त एजुकेसनको उद्घाटन सुदूरपश्चिमका शिक्षा विद डा. हेमराज पन्तले गरेका हुन् । साइनोमा विभिन्न कक्षाका अतिरिक्त कक्षा, कन्सल्टेस्सी, लोकसेवा, शिक्षक सेवा तथा अन्य कक्षाहरु समेत सञ्चालनमा ल्याउने साइनो एजुकसनका संचालक पद जोशिले बताए ।
उनले अब लोकसेवा लगायतका विभिन्न तयारी कक्षा लिन धनगढी बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको दाबी संचालकहरुको रहेको छ ।














