एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी र संचालकमा भारी चयन « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी र संचालकमा भारी चयन



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त भएका छन् । फागुन ५ गते बसेको सञ्चालक समितिका बैठकले अध्यक्षमा राठी र संचालकमा भारीलाई नियुक्ति गरेको हो ।

उक्त सञ्चालक समिति बैठकले यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको छ ।

उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त सञ्चालक अध्यक्ष राठीले फागुन ८ गते प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् ।

साथै, सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।राठी र भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत भएका छन् ।

राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको र भारी कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे द्धारा सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए ।

साथै, उनीहरुको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरु माझँमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत चालिसेले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्