किन्ने होइन त कालिका लघुवित्तको सेयर ? आजदेखि ११ हजार कित्ता बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (फागुन ११ गते) ११ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ ।
साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट माग बमोजिमको आवेदन प्राप्त नभएको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।