१० श्रावण २०८३, आइतबार

‘बीमा संस्थानलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउनुपर्छ, व्यवस्थापनको तत्परता आवश्यक’: सविच घिमिरे

‘बीमा संस्थानलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउनुपर्छ, व्यवस्थापनको तत्परता आवश्यक’: सविच घिमिरे



काठमाडौं । राजश्व सचिव डा. रामप्रसाद घिमिरेले सरकारी स्वामित्वमा बीमा कम्पनीहरुलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए ।

राष्ट्रिय बीमा संस्थानको ५६औं वाषिर्कोत्सवलाई सम्वोधन गर्दै सचिव घिमिरेले यस्तो बताएका हुन् । उनले राष्ट्रिय बीमा संस्थानलाई पनि थप व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्नेमा जोडदिए ।

उनले भने,–‘पछिल्लो समयमा सरकारी संस्थानप्रति आम मानिसमा विश्वास घटेको पाइन्छ । तर, बीमा संस्थान त्यो भ्रम तोड्ने गरि प्रविधिमैत्री व्यवसायिक गतिविधि बढाउन आवश्यक छ ।’

सोही अवसरमा सचिव घिमिरेले बीमा संस्थानको लेखा परीक्षण समयमै सक्नका लागि व्यवस्थापनले तत्परता दिनुपर्ने बताए । लामो समयदेखि रोकिएको संस्थानको लेखापरीक्षण समयै सकाउनका लागि व्यवस्थापन र कर्मचारी सबैको सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

उनले भने,–‘हामीले अडिट सक्नका लागि दिईको समय निर्धारण भन्नका लागि होइन, व्यववस्थापन, कर्मचारी र सबै सम्वन्धित निकायको सहयोग, समन्वयबाट आवश्यक छ ।’