निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश पारित « Arthapath.com
१२ फाल्गुन २०७९, शुक्रबार

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश पारित



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले लाभांश पारित गरेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्तावित १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, चालु आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्