किन्ने होइन त आरएसडिसी लघुवित्तको सेयर ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक समूह तर्फको ४ हजार ९४० कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका संस्थापक सेयरधनीहरु भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागाजत संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।