सुरक्षित गर्नु होस् है लक्ष्मी लघुवित्तको लाभांश, अन्तिम दिन नजिकियो

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले फागुन २९ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त गर्ने कार्य सूची समेत सभाको कार्यसूचीमा समावेश गरीको छ ।