फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै यी दुई कम्पनी « Arthapath.com
१६ फाल्गुन २०७९, मंगलवार

फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै यी दुई कम्पनी



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । मर्जर प्रक्रिया पुरा गरी यी दुवै कम्पनीले आउँदो फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

मर्जर पश्चात् सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन ।

मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका–८ सभागृहचोक, कास्कीमा रहने छ । साविकको सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय नै रजिष्ट्रार्ड कार्यालय कायम रहेने कम्पनीले जनाएको छ ।

यी दुई कम्पनीबीच गत असार २२ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । एकीकृत कारोबारका लागि फागुन २८ गतेदेखि २९ गतेसम्म दुई दिनका लागि सम्पूर्ण सेवा बन्द रहने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्