१० श्रावण २०८३, आइतबार

सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया

सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया



काठमाडौं । फागुन १५ गते नेपाल बीमा प्राधिकरण,मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ थाह नहुने भएकाले सबैले जीवन तथा घर लगायत सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गरेका छन् । कार्यक्रममा सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँमा आउनुपर्ने, विना झन्झट दाबी भुक्तानी पाउनु पर्ने, बीमा सम्बन्धी जानकारी मूलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजना गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्नु पर्ने लगायतका कुराहरु राखेका छन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गर्नुभएको कार्यक्रममा खडक नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथावित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, कृषक, महिला समूहका प्रतिनिधि,बीमा अभिकर्ता लगायत गरी करिव ७५जनाको सहभागिता रहेको थियो ।