सूर्योदय वोमी लघुवित्तका सेयरधनीलाई १५ प्रतिशत बोनस « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

सूर्योदय वोमी लघुवित्तका सेयरधनीलाई १५ प्रतिशत बोनस



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर (११ करोड ८७ लाख ९७ हजार ७१८ रुपैयाँ) वितरण गर्ने भएको छ । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्