आशा लघुवित्तको साधारण सभा चैत ११ गते, के-कस्ता छन् एजेन्डा ? « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

आशा लघुवित्तको साधारण सभा चैत ११ गते, के-कस्ता छन् एजेन्डा ?



काठमाडौं । आशा लघुवित्त वित्तीयले छौटौँ साधारण सभा चैत ११ गतेका लागि बोलाएको छ ।

फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा केन्द्रीय कार्यालय, ककनी–६, नुवाकोटमा बिहान १० बजेलाई आव्हान गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२९५ बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४३ नगद गरी कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

साथै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभाले अन्य लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमाबली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । फागुन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश लाभांश प्रप्त गर्न योग्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस्